बर्दिबासकाे मेयर-उपमेयर दुवै स्वतन्त्र उम्मेदवारको भागमा

लोकपथ
1.2k
Shares

काठमाडाैं । महाेत्तरीकाे बर्दिबास नगरपालिकामा स्वतन्त्र उम्मेदवार मेयर र उपमेयरमा निर्वाचित भएका छन् ।  नेपाली कांग्रेसले टिकट नदिएपछि वागी भई स्वतन्त्रबाट उम्मेदवारी दिएका प्रल्हाद क्षेत्री बर्दिवासको नगरप्रमुखमा निर्वाचित भएका हुन् ।

क्षेत्रीले १४ हजार २१० मत ल्याएर प्रमुखमा निर्वाचित भएका हुन् । उनका निकटम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टीका राजु खडकाले ८ हजार ३२३ मत ल्याएका थिए ।

नगरपालिकाकाे उपमेयरमा पनि  स्वतन्त्रतर्फकै तारादेवी महतो निर्वाचित भएकी छिन् । उनलाई पनि नेपाली कांग्रेसले टिकट दिएकाे थिएन । महतोले ९ हजार ७३६ मत ल्याई उपप्रमुखमा विजयी भएकी हुन् । उनका निकटम प्रतिद्वन्द्वी कृष्णमाया गौतमले ८१८५ मत प्राप्त गरेकी हुन् ।

कांग्रेसका सक्रिय कार्यकर्ता रहेका क्षेत्री र तारादेवीलाई पार्टीले अन्तिम समयमा आएर टिकट नदिएपछि उनीहरु स्वतन्त्रबाट प्रमुख र उपप्रमुखमा उम्मेदवारी दिएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?