कांग्रेसले काठमाडौं महानगरमा खोल्याे खाता : वडा नम्बर ३०मा अध्यक्षसहित प्यानलै विजयी

लोकपथ
1.9k
Shares

काठमाडाैं । महामन्त्री गगन थापाको गृह वडा काठमाडौं-३० मा दोब्बर मतले विजयी भएसँगै नेपाली कांग्रेसले काठमाडौं महानगरमा खाता खोलेकाे छ ।

वडा नम्बर ३० मा कांग्रेसका दलबहादुर कार्की २ हजार ६१ मतसहित वडाध्यक्ष निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका उम्मेदवार एमालेका कृष्णभक्त खड्गी ९ सय ४८ मतसहित पराजित भएका छन् ।

वडा महिला सदस्यमा कांग्रेसकी इन्दिरा श्रेष्ठ सिंह, दलित महिला सदस्यमा कांग्रेसकी शर्मिला श्रेष्ठ महतो, खुला दुई सदस्यमा पनि कांग्रेसकै  मनोज कुमार डंगोल र  मिलन कुमार खड्का खत्री विजयी भएका छन् ।

यसअघि एमालेले १ देखि ४ वडा प्यानल र ५ मा वडाध्यक्ष जितिसकेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?