मारिएकाको खुट्टामा कसरी चप्पल ?

काठमाडाै‌- राजधानीमा ११ वर्षीय बालक निसान खडकालाई अपहरण र हत्या गर्ने दुई युवक प्रहरीसँगको मुठभेडमै मारिएका हुन् या होइनन् भन्नेमा शंका उब्जिएको छ । पेप्सीकोला टाउनबाट आइतबार अपहरणमा परेका निसानको हत्या भएको पुष्टि सोमबार भएको थियो ।

त्यसलगत्तै अपहरण र हत्यामा संलग्न भनिएका गोपाल तामाङ र अजय तामाङ प्रहरीसँगको मुठभेडमा मारिएको दाबी गर्दै महानगरीय प्रहरी अपराध महाशाखाले विज्ञप्ति जारी गरेको थियो ।

तर गोपाल डेरा गरी बस्दै आएको घर नजिकका एक छिमेकीले भनेका छन्–अजय र गोपाल पेन्टरको काम गर्छन् भन्ने सुनेको हो । सोमबार बिहान उनीहरूलाई प्रहरीले लग्यो रे । अपहरण गरी बच्चा मारेछन् रे भन्ने पनि सुनें । उनीहरू सामान्य खालका केटा थिए । पहिले त्यस्तो बदमासी गरेको पनि केही सुनिएको थिएन । पेन्टका गोल्टिन बट्टामा कपडा पट्याएर राख्थे । पछि पो उनीहरू मुठभेडमा मरेको कुरा सुनें । उनीहरूको खुट्टामा चप्पल पनि देखें । घरबाट उनीहरूलाई लैजाँदा उनीहरूका खुट्टामा चप्पल नै थिएन । पछि कसले चप्पल लगाइदियो थाहा भएन । आजको कान्तिपुर दैनिकमा खबर छापिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?