भरतपुरमा ९ वटा वडाको मतगणना सकियो, कहाँ को विजयी भए त ?

लोकपथ
10.9k
Shares

काठमाडाैं । भरतपुर महानगरपालिकामा नौवटा वडाको मत गणना सकिएको छ । वडा नम्बर १ देखि ९ सम्मको गणना सकिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार गणना सम्पन्न भएका वडामा अधिकांश पाँच दलीय गठबन्धनका वडाध्यक्ष निर्वाचित भएका छन् । वडा नम्बर ३ मा नेकपा एमालेका उम्मेदवार निर्वाचित भए पनि अन्य वडामा गठबन्धनबाट उम्मेदवारी दिएका उम्मेदवार विजयी भएका हुन् ।

भरतपुर महानगरपालिका वडा नम्बर १, २, ४, ५, ६, ८ नेपाली कांग्रेस, ७ र ९ नेकपा समाजवादीका उम्मेदवारले विजय हासिल गरेका हुन् । अहिले वडा नम्बर १० र ११ को मत गणना १५ ठाउँमा भइरहेको छ । गणना भइरहेका दुई वडासहित अहिलेसम्म ४५ हजार ६० मतगणना गरी सकिएको छ ।

महानगरपालिकाको मतगणनाका क्रममा महानगर प्रमुखको उम्मेदवारमा पाँच दलीय गठबन्धनबाट उम्मेदवार बनेकी नेकपा माओवादी केन्द्रकी रेनु दाहाल अग्रस्थानमा रहेकी छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका विजय सुवेदीले पछ्याइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?