एमालेलाई मन पराएनन् जुम्लेलीले : ८ वटै पालिकाबाट बडारियो

लोकपथ
9.1k
Shares

काठमाडौं । जुम्लाको आठ वटै स्थानीयतहको मतपरिणम सार्वजनीक भइसकेको छ । जसमा ५ स्थानीय तहमा नेपाली कांग्रेस विजयी भएको छ भने दुईमा नेकपा माओवादी केद्र र एक पालिकामा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । कांग्रेसले तीन पालिकामा उपप्रमुख जितेको छ । त्यस्तै नेकपा माओवादी केन्द्रले चार उपप्रमुख जितेको छ । नेकपा एकीकृत समाजवादी पार्टीले एक उपप्रमुख जितेको छ ।

जुम्लाको गुठीचौर गाउँपालिका अध्यक्ष प्रमुखमा कांग्रेसका दानबहादुर बुढा विजयी भएका छन् । तातोपानी गाउँपालिकामा नेपाली कांग्रेसका नन्दप्रसाद चौलागाईं विजयी भएका छन् भने तिला गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका मोतीलाल रोकायाले जित हात पारे ।

त्यस्तै सिंजा गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका पूर्णप्रसाद धिताल विजयी भएका छन् । पातारासी गाउँपालिकाको अध्यक्षमा भने नेपाली कांग्रेसका पूर्णसिंह बोहरा विजयी भएका छन् । कनकासुन्दरी गाउँपालिकाको अध्यक्षमा पनि नेपाली कांग्रेसकै दामोदर आचार्य अध्यक्षमा विजयी हुँदा हिमा गाउँपालिकाको अध्यक्षमा पनि नेपाली कांग्रेसका लक्ष्मण शाही विजयी भएका छन् ।

चन्दननाथ नगरपालिकामा भने नेपाली कांग्रेसले टिकट नदिएपछि स्वतन्त्र उम्मेदवारी दिएका राजुसिंह कठायत विजयी भएका छन् ।कठायतले नेपाली कांग्रेसबाटै मेयर पदका लागि उम्मेदवारी दिएका पदम बहादुर शाहीलाई हराएका हुन् ।

२०७४ को निर्वाचनमा जुम्लामा माओवादीले तीन अध्यक्ष र ५ उपाध्यक्ष जितेको थियो । कांग्रेसले ५ अध्यक्षसहित दुई उपाध्यक्ष जितेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?