समसेरकाे आज : तपाईंले जित्नुभयाे, पख्नुस् भाेट गन्नै बाँकी छ, ल अबचाहिँ तपाईंले नै जित्नुभयाे !

लोकपथ
1.4k
Shares

काठमाडौं । महोत्तरीको बर्दिबास नगरपालिका–८ को अध्यक्षमा गोला प्रथाबाट विजयी घोषणा गरिएको छ । बराबरी मत भएपछि बर्दिवास नगरपालिका-८ को वडाध्यक्ष विजेताको घोषणा गोलाबाट गरिएको हाे ।

नेकपा माओवादी केन्द्रका उम्मेदवार समसेर सिंह लामा विजयी भएका छन् । सो वडाको मतगणना जेठ १ गते नै सम्पन्न भएकाे भन्दै लामालाई निर्वाचन आयोगले विजयी भएको घोषणा गरेको थियो ।

तर निर्वाचन कार्यालयले एउटा मतपेटिकाको मत गन्न छुटेको भन्दै उक्त मतपेटिकाको मत गणना कार्य अघि बढायो । त्यसमा रहेको ८४ वटा मत गणना हुँदा लामाका निकटतम प्रतिद्वन्द्वी एमालेका रुद्र किङरिङले ७ सय ४४ मत प्राप्त गरेका थिए ।

सबै मत गणना हुँदा लामा र किङरिङ दुबैले ७ सय ६७ मत ल्याए । त्यसपछि वडाध्यक्ष विजयी घोषणा गर्न गोला तान्न लगाइएको थियो । किङमिङले गोला तान्दा नपरेपछि लामा पुन: विजयी भएको घोषणा गरिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?