इसेवाको ‘बीमा शुल्क भुक्तानी गरिन्छ, लखपति बनिन्छ’ योजना सार्वजनिक

लोकपथ
104
Shares

काठमाडौं । नेपालको भुक्तानी सेवा प्रदायक इसेवाले “बीमाशुल्क भुक्तानी गरिन्छ, लखपति बनिन्छ” योजना सार्वजनिक गरेको छ । इसेवाले बीमितहरुले घरमै बसेर बीमा शुल्क भुक्तानी गर्न प्रोत्साहन मिलोस् भन्ने उदेश्यले यो योजना सार्वजनिक गरेको हो ।

यो योजना भदौ ५ गतेसम्म सञ्चालन हुनेछ । यस योजनामा इसेवाबाट कुनैपनि जीवन बीमा कम्पनीको बीमा शुल्क भुक्तानी गर्ने व्यक्तिहरुमध्येबाट बम्पर उपहारमा एक जनाले एक लाख रुपैयाँ उपहार प्राप्त गर्नेछन् । यस्तै, उपहार बिजेता बीमितको बीमा एजेन्ट र सोही एजेन्टको शाखा कार्यालयले पनि २०/२० हजार रुपैयाँ नगद उपहार प्राप्त गर्नेछन् ।

यसैगरी, योजना सञ्चालन अवधिभर बीमा शुल्क भुक्तानी गर्नेहरु मध्येबाट हरेक दिन एक जनाले गोलाप्रथामार्फत एक हजार रुपैयाँ प्राप्त गर्नेछन् । यो योजना नेपालमा सञ्चालित सबै बीमा कम्पनीको शुल्क भुक्तानी गर्दा लागू हुनेछ । इसेवाले पछिल्ला दिनमा इन्स्योरेन्स्को प्रिमियम अनलाइनबाट भुक्तानी गर्न प्रोत्साहन गर्नका लागि विभिन्न अफर तथा योजना सार्वजनिक गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?