नेसनल लाइफ इन्स्योरेन्स र एक एक पाइला फाउण्डेसनबीच सम्झौता

लोकपथ
0
Shares

काठमाडौं । सिन्धुपाल्चोक जिल्लाको थोकर्पा गाँउपालिकामा एक सामुदायिक अस्पतालस्थापना गरी संचालन गर्न नेसनल लाईफ इन्स्योरेन्स कम्पनि लिमिटेड र एक एक पाईला फाउण्डेसनबीच सम्झौंता भएको छ । कम्पनीको तर्फवाट प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्री र फाउण्डेसनका तर्फवाट फाउण्डेसनका प्रेसिडेण्ट डा. सुमन थापाले संझौतामा हस्ताक्षर गरेका हुन् ।

सम्झौताअनुसार उक्त अस्पताल एक एक पाइला फाउण्डेसनको अग्रसरतामा स्थापना र व्यवस्थापन हुनेछ र सो अस्पतालको संचालनमा आर्थिक सहयोग पु¥याउन तीन वर्ष अवधिको लागि कम्पनीले प्रत्येक वर्ष २० लाख रुपैंयाँ आर्थिक सहयोग गर्नेछ ।

समारोहमा डा. सुमन थापाले आर्थिक सहयोग उपलब्ध गराएकोमा कम्पनीलाई धन्यवाद ज्ञापन गरे । कम्पनीको तर्फबाट खत्रीले कम्पनीले सामाजिक उत्तरदायित्व क्षेत्रमा क्रियाशिल भई शिक्षा, स्वास्थ्य, दैवि प्रकोप ब्यवस्थापन एवं वातावरण संरक्षण जस्ता क्षेत्रमा विगत वर्षहरु देखि नै चासो राखी आर्थिक सहयोग उपलब्ध गर्दै आएको संस्मरण गराउँदै सामूदायिक अस्पताल संचालनमा सहयोग गरी स्वास्थ्य क्षेत्रमा योगदान पु¥याउन पाएकोमा खुशी व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?