पूर्वक्रिकेटर नवजोत सिंह सिद्धुलाई एक वर्षको जेल सजाय

लोकपथ
2.4k
Shares

काठमाडौं । पूर्वक्रिकेटर तथा कांग्रेस नेता नवजोत सिंह सिद्धुलाई भारतको सर्वोच्च अदालतले एक वर्षको जेल सजाय सुनाएको छ ।

सन् १९९८ को ‘रोडरेज’ घटनामा पुर्नविचार गर्दै अदालतले एक वर्षको जेल सजायको फैसला सुनाएको हो । यसअघि अदालतले सन् २०१८ मे १५ मा सिद्धुलाई एक हजार रुपैयाँको सजाय सुनाएको थियो ।

सन् १९९८ मा सिद्धुले पटियालाको एक बजारमा पार्किङको विषयमालाई लिएर ६५ वर्षका गुरनाम सिंहमाथि कुटपिट गरेका थिए । गुरनामको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको थियो । रिपोर्टका अनुसार ह्दयघातका कारण उनको मृत्यु भएपनि सिद्धुमाथि हत्याको आरोप लगाउँदै मुद्धा दायर भएको थियो ।

सन् १९९९ मा अदालतले मुद्धाको खारेज गरेको थियो । तर सन् २००२ मा पञ्जाब सरकारले सिद्धुविरुद्ध उच्च अदालतमा अपिल गरेको थियो । सन् २००६ को डिसेम्बरमा उच्च अदालतले सिद्धुलाई दोषी ठहर गर्दै तीन वर्षको सजाय सुनाएको थियो । जसमा एक लाख जरिवाना गरिएको थियो ।

उच्च अदालतको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको थियो । सर्वोच्च अदालतले उच्च अदालतको आदेशमा रोक लगाएको थियो । सर्वोच्च अदालतले सिद्धु सहित सबै आरोपितलाई रिहा गरेको थियो ।

यसमा सिद्धुलाई एक हजार रुपैयाँको जरिवाना गरिएको थियो । यस फैसलामा पुनर्विचारका लागि पुन रिट दायर भएपछि सर्वोच्च अदालतले सिद्धुलाई एक वर्षको सजाय सुनाएको हो ।
एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?