काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले स्थानीय तह निर्वाचनमा गठबन्धन सफल भएको बताएका छन् । बिहीबार प्रतिनिधि सभा बैठकका लागि संसद भवन पुगेका मन्त्री पौडेलले सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै स्थानीय तह निर्वाचनमा गठबन्धन सफल भएको बताएका हुन् । उनले गठबन्धनभित्र आंशिक रुपमा कमी, कमजोरी भएपनि त्यसलाई सच्याउने बताए ।
मन्त्री पौडेलले गठबन्धनको पक्षमा उल्लेख्य जनमत प्रकट भएको पनि बताए । उनले माओवादी केन्द्र आगामी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनसम्म यही गठबन्धनलाई निरन्तरता दिने पक्षमा रहेको प्रष्ट्याए । संविधान र राजनीतिक प्रणाली अझैपनि खतरामा रहेको हुँदा गठबन्धन आवश्यक रहेको उनको भनाइ छ ।
मन्त्री पौडेलले कांग्रेसले माओवादी केन्द्रलाई भोट नहालेको भन्ने कुरा साँचो नभएको स्पष्ट पारे । केही ठाउँमा त्यस्तो भएपनि सबै ठाउँमा नभएको उनको भनाइ छ । उनले गठबन्धनसँग असन्तुष्ट रहेको नेकपा(एकीकृत समाजवादी)लाई गठबन्धनमै रहन आग्रह समेत गरे।
उनले गठबन्धनका कमी, कमजोरीहरुलाई सच्याएर अगाडी बढ्ने पनि बताए । माओवादी केन्द्र पहिले भन्दा सुदृढ भएको उनको भनाइ छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया