सीआईबीद्धारा बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी रेग्मी पक्राउ

लोकपथ
117
Shares

काठमाडौं । केन्द्रिय अनुसन्धान ब्युरो (सीआईबी) ले बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी प्रकाश कुमार रेग्मीलाई पक्राउ गरेको छ ।

गोरखा जिल्लाको सिरानचोक गा.पा. वडा नं.४ घर भइ हाल जिल्ला काठमाडौं का.म.न.पा. वडा नं. ३ बस्ने ३७ बर्षिय रेग्मीलाई आज बिहिबार पक्राउ गरिएको सिआईबीले जानकारी दिएको छ ।

रेग्मीले बिसं २०७६ कात्र्तिक १० गते मुक्तिनाथ विकास बैंक लिमिटेड महाराजगञ्ज शाखामा रहेको आफ्नो खाताबाट रकम भुक्तान हुने भनी उक्त बैंक खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी–जानी जाहेरवालालाई झुक्यानमा पारी दिएको चेकको रकम भुक्तान हुन नसकेको ठहर उच्च अदालत पाटनले गरेको थियो ।

सो अनुसार उच्च अदालत पाटनले बैंकिङ कसूर मुद्धामा यही जेठ तीन गते फैसला गर्दै प्रतिवादी रेग्मीलाई बैंकिङ कसूर तथा सजाय ऐन २०६४ बमोजिमको कसूरमा एक दिन कैद र नौँ लाख रुपैयाँ जरिवानाको ठहर गरेको थियो ।

यसपछि भने फरार रहेको रेग्मीलाई सिआईबीबाट फैसला कार्यान्वयन तथा फरार प्रतिवादीहरुको खोजतलास एवं पक्राउको लागि परिचालित टोलीले प्रतिवादीलाई यही जेठ पाँच गते बुढानिलकण्ठ, काठमाडौंबाट पक्राउ गरी फैसला कार्यान्वयनको लागि सोही दिन काठमाडौं जिल्ला अदालतमा पेश गरेको सिआईबीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?