बेलकोटगढी-९ को वडाध्यक्षमा गजुरेलसहित कांग्रेसको प्यानल नै विजयी

लोकपथ
994
Shares

नुवाकोट । जिल्लाको बेलकोटगढी नगरपालिका वडा नं ९ को वडाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवारले जित हासिल गरेका छन् ।

बिहीबार दिउँसो आएको अन्तिम परिणामअनुसार वडाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार दुर्गाप्रसाद गजुरेलसहित उनको प्यानलले जित हासिल गरेको हो ।

उनले ७२० मतसहित जित हासिल गरेका हुन् । त्यसैगरी उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार बाबुराम गजुरेलले ६०४ मत प्राप्त गरेका छन् भने नेकपा माओवादी केन्द्रका उम्मेदवार हरि बजगाईँले ३३५ मत प्राप्त गरेका हुन् ।

उनको प्यानलबाट महिला वडा सदस्यमा चमेली तामाङ (६९४), दलित वडा महिला सदस्य यमकुमारी सुनार (६८९) र वडा सदस्यहरुमा प्रेम बहादुर तामाङ (६८६) तथा पोष्टबहादुर पुडासैनी (६५४)ले जित हासिल गरेका हुन् ।

यता नगरपालिकामा भने कांग्रेस माओवादी गठबन्धनका उम्मेदवारहरुले अग्रता कायम गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?