नुवाकोटका नवनिर्वाचित १० पालिका प्रमुखले लिए शपथ

लोकपथ
10.3k
Shares

नुवाकोट । जिल्लाका नवनिर्वाचित १० पालिका प्रमुखहरुले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् ।

बुधबारसम्म आएको अन्तिम मतपरिणाम अनुसार नवनिर्वाचित १० गाउँपालिकाका प्रमुखहरुले बिहीबार पद तथा गोपनियताको शपथ ग्रहण गरेका हुन् ।

बिहीबार बिहान जिल्ला समन्वय समितिको कार्यालय विदुरमा जिल्ला अदालत नुवाकाेटका न्यायाधीश एवं जिल्लाका मुख्य निर्वाचन अधिकृत उमेशराज लुइँटेल समक्ष उनीहरुले पद तथा गोपनियताको शपथ ग्रहण गराएका हुन् ।

जिल्लाको तारकेश्वर गाउँपालिकामा शिवप्रसाद अधिकारी (नेपाली कांग्रेस), तादी गाउँपालिकामा सन्तमान तामाङ (नेपाली कांग्रेस), किस्पाङमा बिरबल तामाङ (नेकपा एमाले), ककनीमा सुमन तामाङ (माओवादी केन्द्र), म्यागङमा आसा तामाङ (नेपाली कांग्रेस), दुप्चेश्वरमा शंकरबहादुर थापा (माओवादी केन्द्र), लिखुमा ध्रुव श्रेष्ठ (नेपाली कांग्रेस), सूर्यगढीमा सन्तबहादुर घले (नेपाली कांग्रेस), शिवपुरीमा गोविन्द थपलिया (नेपाली कांग्रेस), पञ्चकन्यामा तेजबहादुर तामाङ (माओवादी केन्द्र) ले पालिका प्रमुखमा निर्वाचित भएका छन् ।

पद तथा गोपनियताको शपथसँगै नवनिर्वाचित पालिका प्रमुखहरुले आजैबाट कार्यभार सम्हाल्नेछन् ।

नुवाकोटमा २ नगरपालिका र १० गाउँपालिका गरी १२ स्थानीय तह रहेको छ । जसमा बेलकोटगढी र विदुर नगरपालिकामा मतगणना जारी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?