छुटाछुट्टै ठाउँमा तीन जना मृत अवस्थामा फेला

लोकपथ
182
Shares

काठमाडौं । रामेछाप, ओखलढुंगा र कैलालीमा तीन जना मृत अवस्थामा फेला परेका छन् ।

रामेछापको मन्थली नगरपालिका–११ गेलु धुसेनिस्थित तामाकोशी नदी किनारमा हाल पहिचान नखुलेकी अन्दाजी ४५ वर्षीया महिला बुधबार मृत अवस्थामा फेला परेकी छन् ।

ओखलढुङगाको मानेभन्ज्याङ गाउँपालिका–६ स्थित जयराम घाट दुधकोशी नदीको किनारमा खोटाङ हलेसी तुवाचुङ नगरपालिका–४ बस्ने ६७ वर्षीय सन्ते माझी बुधबार मृत अवस्थामा फेला परेका छन् ।

वैशाख ३१ गते माछा मार्न गएका उनी फर्की नआएपछि खोजी गर्ने क्रममा शव फेला परेको हो ।

कैलालीको धनगढी उपमहानगरपालिका–४ स्थित कर्णाली बसपार्कको कम्पाउण्डभित्र भारत पलिया घर बताउने हाल पहिचान नखुलेका अन्दाजी ६० वर्षीय पुरुष बुधबार मृत अवस्थामा फेला परेका छन् ।

सबै घटनाहरुका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?