काठमाडौं । नेपालमा पहिलोपटक उपभोक्ताले कुनै सेवा उपभोग गर्दा हानी वा क्षति भएमा क्षतिपूर्ति पाउने भएका छन् ।
उपभोक्ता हित संरक्षणलाई एकीकरण गर्न बनेको विद्येयकमा यस्तो प्रस्ताव गरिएपछि उपभोक्ताले क्षतिपूर्ति पाउने भएका हुन् । उक्त ऐनमा उपभोक्ताले आफूलाई कुनै सेवा उपभोग गर्दा कुनै प्रकारको हानी भए त्यसको क्षतिपूर्ति दाबी गर्न सकिने उल्लेख छ ।
मन्त्रिपरिषदबाट पारित भएर संसदमा दर्ताका लागि गएको विद्येयकमा कुनै उत्पादक वा सेवा वितरकका कारण स्वस्थ्य तथा अन्य कुनै पनि किसिमका हानी नोक्सानी भएमा उपभोक्ताले क्षतिपूर्ति पनि माग्न सक्ने र प्राप्त गर्नुपर्ने व्यवस्था प्रस्ताव गरिएको हो ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव नवराज ढकालले उपभोक्ताको अधिकारलाई बलियो बनाउन उत्पादक, सेवा प्रदायक र सरोकारवालालाई जिम्मेवार बनाउन यस किसिमको व्यवस्थासहितको ऐन प्रस्ताव गरिएको बताए ।
यसले विकास निर्माणको काम गर्दा धुलो धेरै उडेर स्थानीयको स्वासथ्यमा गम्भीर समस्या उत्पन्न भएमा प्रमाणसहित क्षतिपूर्तिको दावी पेश गर्न सक्ने बाटो पनि खुलेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया