दोषीलाई कारबाहीको माग राख्दै कञ्चनपुरमा अनिश्चतकालीन यातायात बन्द

कञ्चनपुर: कञ्चनपुरको भीमदत्त नगरपालिकाकी १३ बर्षिया निर्मला पन्तको बलात्कारपछि हत्या गर्नेलाई पक्राउ नगरिएको भन्दै स्थानीयले अनिश्चतकालीन यातायात बन्द गरेका छन् ।

घटना भएको १३ दिन बितिसक्दा पनि बलात्कार र हत्यामा संलग्न पत्ता नलागेको भन्दै स्थानीयले भीमदत्त नगरपालिकामा अनिश्चतकालीन यातायात बन्द गरेका हुन् ।

प्रशासनले अनुसन्धानमा ढिलाइ गरेको आरोप लगाउँदै मातृ संगठनले आन्दोलनको नेतृत्व गरेको छ । संगठनले हत्यारा पत्ता नलागेसम्म यातायात बन्द जारी  राख्ने चेतावनी दिएको छ ।

भीमदत्त नगरपालिका उल्टाखामकि १३ बर्षिय निर्मला पन्त को बलात्कार पछी हत्या भएको थियो ।  स्थानीय सरस्वति मा। बि। कक्षा ९ मा अध्यनरत बालिका होमवोर्क गर्न का लागि भगतपुर स्थित  साथीको घर गाएकी थिइन् । उनको शरीर मृत अवस्थामा उखु घारीमा फेला परेको थियो ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले घटनाका विषयमा सुक्ष्म अनुसन्धान भइरहेको जनाएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?