कुश्मा नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेस र उपप्रमुखमा एमाले विजयी

लोकपथ
490
Shares

पर्वत । पर्वतको कुश्मा नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेस र उपप्रमुखमा एमालेकी उम्मेदवार निर्वाचित भएका छन् । नगरपालिका प्रमुखमा कांग्रेसका रामचन्द्र जोशी निर्वाचित भएका छन् । उनले ९ हजार ८६४ मत ल्याएर दोस्रो कार्यकालको लागि निर्वाचित भएका हुन् ।

उनका प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार गणेश शर्मा पौडेलले ९ हजार ०८९ मत ल्याएका छन् ।

यस्तै, उपप्रमुखमा नेकपा एमालेकी स्वस्थानी रिजाल निर्वाचित भइन् । रिजालले ९ हजार ०९२ मत ल्याएर विजयी हुँदा गठबन्धनको तर्फबाट उम्मेदवारी दिएका नेकपा माओवादीका शंकर गिरीले ८ हजार २८२ मत ल्याए ।

१४ वडा रहेको कुश्मामा ८ वडामा कांग्रेसका उम्मेदवार विजयी भए । ५ वडामा नेकपा एमाले र एउटा वडामा स्वतन्त्र उम्मेदवार विजयी भए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?