चन्द्रपुर नगरपालिकामा काफ्ले र चौधरी निर्वाचित

लोकपथ
2.4k
Shares

रौतहट । रौतहटको चन्द्रपुर नगरपालिकाको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । जसअनुसार प्रमुख र उपप्रमुख दुवैमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।

नगरपालिकाको प्रमुखमा कांग्रेस उम्मेदवार सन्जयकुमार काफ्लेले ९ हजार १ सय ६३ मत ल्याइ निर्वाचित भएका छन् । उनले निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार शिवप्रसाद आचार्यले ६ हजार ५ सय २४ मत पाए ।

उपप्रमुखमा नेपाली कांग्रेसकी जयमाला चौधरीले ११ हजार ३ सय ७८ मत पाएर निर्वाचित भएकी छन् । चौधरीकी निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रकी देवकी नेपालले ७ हजार ६ सय ४० मत पाएकी छन् ।

चन्द्रपुर नगरपालिकाको १० वडामध्ये कांग्रेसले १, ५, ७, ८ र ९ नम्बर वडा जितेको छ । त्यस्तै, माओवादी केन्द्रले २, ३ र ६ र एमालेले ४ र १० मा जितेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?