मोरङ । मोरङको बुढीगंगा गाउँपालिकामा कांग्रेसका उम्मेदवार विजयी भएका छन् । गाउँपालिका प्रमुखमा ८ हजार २ सय ९९ मत ल्याएर कांग्रेसका जितनारायण थापा मगर निर्वाचित भएका छन् । उनले आफ्नो प्रतिस्पर्धीलाई बलभद्र सरदार थारूलाई ४ सय १९ मतले पछि पार्दै अध्यक्षमा निर्वाचित भएका हुन् । थारूले ७ हजार ८ सय ८० मत प्राप्त गरे।
उपप्रमुखमा कांग्रेसकै अमृताकुमारी गच्छदार निर्वाचित भएकी हुन् । गच्छदारले उपाध्यक्षमा ९ हजार ५० मत ल्याएर निर्वाचित भएका हुन् । गच्छदारकी निकटतम प्रतिद्वन्द्वी एमालेकी तुलसी कुमारी कुँवरले ६ हजार २ सय २३ मत प्राप्त गरिन् ।
७ वटा वडा रहेको बुढीगंगामा कांग्रेसले वडा नम्बरहरू १, २, ३, ४ र ६, माओवादी केन्द्रले वडा ५ र एमालेले वडा नम्बर ७ काे अध्यक्ष जितेकाे छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया