चितवन । भरतपुर महानगरपालिकामा सत्ता गठबन्धनबाट माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले मतान्तर फराकिलो बनाउँदै लगेकी छिन् ।
३१ हजार ६९३ मतगणना हुँदा उनले २ हजार १९८ मतको अग्रता लिएकी छन् ।
रेनुले ११ हजार ७१६ मत पाउँदा एमालेका विजय सुवेदीले नौहजार ५१८ मत प्राप्त गरेका छन् ।
स्वतन्त्र उमेदवार जगन्नाथ पौडेलले ५ हजार १४७ मत पाएका छन् । भरतपुर महागरपालिकामा अहिले ७ र ८ नम्बर वडाको मतगणना भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया