काठमाडौं । स्वयम्भुस्थित डल्लु बस्तीमा बस्दै आएकी सन्तोषीले १४ महिनापछि छोरीको शव जिम्मा लिएकी छन् ।
उनले १० बर्षिया छोरी अमृताको हत्यारामाथि कारबाही नभएसम्म शव नबुझ्ने अडान राखेकी थिइन् ।
गत बर्ष जेठ ५ मा छोरी अमृता स्वयम्भु, डल्लुस्थित आफ्नै डेराकोठामा मृत अवस्थामा भेटिएकी थिइन्।
अमृताको बलात्कारपछि हत्या भएको भन्दै आमाले शिक्षण अस्पतालबाट शव उठाउन मानेकी थिइनन्। किटानी जाहेरीपछि पुर्पक्षका लागि थुनामा राखिएका दिनेश चौधरी (विश्वराम रनपहेंली)ले बलात्कार र हत्या गरेको पुष्टी भएपछि गत महिना मात्रै काठमाडौं जिल्ला अदालतले सर्वस्वसहित जन्मकैद फैसला गरेको थियो।
कर्तव्य ज्यानको थप दफामा चौधरीलाई थप १० बर्ष पनि जेलसजाय तोकिएको छ। सोमबार अपरान्ह उनले छोरी अमृताको पशुपतिमा दाहसंस्कार गरेकी छिन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया