सर्लाहीको बागमतीमा माओवादी केन्द्रका उम्मेदवार निर्वाचित

लोकपथ
105
Shares

सर्लाही । सर्लाहीको बागमती नगरपालिकामा नेकपा माओवादी केन्द्रका मेयर र उपमेयर निर्वाचित भएका छन् । बुधबार आएको मत परिणामअनुसार मेयरमा माओवादी केन्द्रका भरत कुमार थापा निर्वाचित भएका हुन् । उनले ११ हजार ३५७ मत ल्याएका हुन् ।

उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका टंक बहादुर बस्नेतले ७ हजार ३६८ मत ल्याए । यस्तै, उपमेयरमा माओवादी केन्द्रकी लीला कुमारी मोक्तान निर्वाचित भएकी छन् ।

उनले १० हजार ८७९ मत ल्याइन् । उनको निकटतम प्रतिद्वन्दी एमालेकी सरिता घिसिङले ७ हजार ७०५ मत ल्याइन् । यस्तै १२ वटा वडामध्ये १० वटामा माओवादी केन्द्रकै वडाध्यक्ष निर्वाचित भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?