हेटौंडा । हेटौंडा उपमहानगरपालिकामा गठबन्धनका उम्मेदवारले अग्रता लिएका छन् । हेटौंडा उपमहानगरमा ४२ हजार १९० गन्दा गठबन्धनको तर्फबाट नेकपा एकीकृत समाजवादीकी मिना लामाले १३ हजार ६९८ मत प्रत गरेकी छिन् ।
उ
नका प्रतिस्पर्धी राष्ट्रिय प्रजातान्त्रिक पार्टीका उम्मेदवार दिपक बहादुर सिंहले १३ हजार ६२ मत प्राप्त गरी पछ्याइरहेका छन् ।
त्यस्तै, नेकपा एमालेका उम्मेदवार अनन्त पौडेल १२ हजार ६०१ मत ल्याई तेस्रो स्थानमा रहेका छन् । गठबन्धनबाट उपमेयर कांग्रेस उम्मेदवार राजेश बानिया २० हजार ६०६ मत ल्याएर अग्र स्थानमा रहेका छन् ।
एमाले उम्मेदवार सुमित्रा काफ्लेले १५ हजार २६० मत प्राप्त गरी बानियालाई पछ्याइरहेका छन् । राप्रपा उम्मेदवार इन्दिरा डल्लाकोटी न्यौपाने३ हजार २५५ मत ल्याई तेस्रो स्थानमा रहेकी छिन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया