नुवाकोट । जिल्लाको बेलकोटगढी नगरपालिका वडा नं १० को वडाध्यक्षमा नेपाली कांग्रेसको प्यानल नै निर्वाचित भएको छ ।
बुधबार सार्वजनिक अन्तिम नतिजाअनुसार कांग्रेसका उम्मेदवार प्रल्हादप्रसाद थपलियासहित उनको प्यालन नै निर्वाचित भएको हो ।
वडाध्यक्षमा निर्वाचित थपलियाले ५९८ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी बासु कडुवालले ४६५ मत प्राप्त गर्दै उपविजेता बनेका छन् ।
थपलियाको प्यानलबाट निर्वाचित हुने महिला सदस्यमा सीता तामाङ (५०७), दलित महिला सदस्यमा समिता मगराती (५१६) र २ खुला सदस्यमा गोबिन्द बहादुर सिटौला (५५९) तथा शेरबहादुर गजुरेल (५३५) निर्वाचित भएका छन् ।
यता नगरपालिकामा भने गठबन्धनका उम्मेदवारको अग्रता कायम रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया