धरान उपमहानगरमा स्वतन्त्र उम्मेदवार हर्कराज राईको अग्रता

लोकपथ
4.7k
Shares

सुनसरी । जिल्लाको धरान उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारले अग्रता कायम गरेका छन् ।

जारी मतगणनामा स्वतन्त्र उम्मेदवार हर्कराज राईले ८ हजार १ सय ४० मतसहित अग्रता कायम गरेका छन् । उनलाई उनका निकटतम प्रतिद्धन्दी नेपाली कांग्रेसका उम्मेदवार किशोर राईले पछ्याइरहेका छन् । हाल किशोरले ८ हजार १ सय २६ मत प्राप्त गरेका छन् ।

त्यसैगरी नेकपा एमालेकी उम्मेदवार मन्जु भण्डारी सुवेदीले ६ हजार ७ सय १३ मतसहित तेस्रो स्थानमा रहेकी छिन् ।
यता उपमेयरमा माओवादी केन्द्रका उम्मेदवार अइन्द्रबिक्रम बेघाले अग्रता कायम गरेका छन् । उनले हालसम्म ९ हजार १ सय ३६ मत प्राप्त गरेका छन् । भने उनलाई नेकपा एमालेका उम्मेदवार पदमप्रसाद लिम्बुले ८ हजार ८ सय ५१ मत प्राप्त गरेका छन् ।

यद्यपी मतगणना जारी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?