काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का सांसद डा. बाबुराम भट्टराईले उत्पादकत्व वृद्धि गर्नुपर्नेमा जोड दिएका छन् ।
बुधबार विनियोजन विद्येयकका सिद्धान्त र प्राथमिकतामाथि छलफलमा सहभागि भएका पूर्वप्रधानमन्त्री डा. भट्टराईले नेपालले आगामी दशकहरुमा उत्पादकत्व वृद्धि गर्नुपर्नेमा जोड दिएका हुन् ।
संसदलाई सम्बोधन गर्दै डा. भट्टराईले १० आगामी वर्षमा ४ हजार डलर २० वर्षमा १२ हजार डलर पुर्याउने गरी काम गर्नुपर्नेमा जोड दिए ।
‘हाम्रो जस्तो देशमा उत्पादन र उत्पादकत्व बढाउनुछ । अहिलेको एक हजार डलरबाट कमसेकम १० वर्षभित्र ४ हजार डलर र २० वर्षभित्र १२ हजार डलर पुर्याउनको निम्ति हामीले ठूलो स्केलमा आधुनिकताको बाटोबाट नगइ सुख छैन । पहिलो औधोगिकीकरणको कुरा छैन । अब त हामीले पहिलो, दोस्रो, चौथोँ एकैपटक औधोधिक क्रान्ति गरेर उत्पादन बढाउने । र हाम्रो नारा नै पहिले पनि मैले भन्दै आएको थिए । दुई अंकको वृद्धिदर दुई दशक निरन्तर । यति नारा नगरीकन हुँदैन । नत्र कसरी त्यो हासिल हुन्छ । दुई दशकसम्म २ अंकको वृद्धिदर निरन्तर हासिल गर्ने उपाय के छ त्यसबारे खोज्नुपर्छ ।’ डा. भट्टराईले भने ।
त्यसैगरी उनले आफूले साहसिक कदमको अपेक्षा गरे पनि त्यसो हुन नसकेको बताए ।
वर्तमान अर्थमन्त्री आफ्नो पूर्वमित्र मात्र नभएर एक साहसिक व्यक्ति भएको बताउँदै उनले भने, ‘उहाँबाट मैले जुन साहसिक कदमको अपेक्षा गरेको थिएँ तर त्यो पूरा हुन सकेन ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया