काठमाडौं। । मौसम पूर्वानुमान महाशाखाले आगामी ३ दिन देशभर बदली हुनसक्ने र मध्य तथा पूर्वमा भने भारी वर्षाको अनुमान गरेको छ ।
महाशाखाका अनुसार, मंगलबार दिउँसो र राति देशभर सामान्यदेखि पूर्ण बदली हुने योग छ । देशका थोरै स्थानमा भने आज भारी वर्षा हुनसक्छ । रातको समयमा मध्य र पूर्वका केही स्थानमा भारी वर्षा हुने अनुमान महाशाखाको छ ।
त्यस्तै साउन २३ गते दिउँसो हल्कादेखि मध्यम खालको वर्षाको सम्भावना छ । महाशाखाका अनुसार, मंगलबार जस्तै बुधबार राति पनि पूर्व तथा मध्य नेपालका एक–दुई स्थानमा भारी वर्षा हुनसक्छ ।
२४ गते देशभर बदली रही केही स्थानहरुमा हल्कादेखि मध्यम खालको वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया