अर्थमन्त्रीप्रति बाबुराम असन्तुष्ट

लोकपथ
616
Shares

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का सांसद डा. बाबुराम भट्टराईले अर्थमन्त्री जनार्दन शर्माको कामकारबाहीप्रति असन्तुष्टि जनाएका छन् ।

बुधबार विनियोजन विद्येयकका सिद्धान्त र प्राथमिकतामाथि छलफलमा सहभागि भएका पूर्वप्रधानमन्त्री डा. भट्टराईले आफूले साहसिक कदमको अपेक्षा गरे पनि त्यसो हुन नसकेको बताए ।

वर्तमान अर्थमन्त्री आफ्नो पूर्वमित्र मात्र नभएर एक साहसिक व्यक्ति भएको बताउँदै उनले भने, ‘उहाँबाट मैले जुन साहशीक कदमको अपेक्षा गरेको थिएँ तर त्यो पूरा हुन सकेन ।’

त्यसैगरी उनले हामी समाजवादीमा जानुपर्ने भन्दै हिँडे पनि सुरुमा पुँजीवादको विकास हुनुपर्नेमा जोड दिए ।

‘समाजवादमा जानुभन्दा पहिले पुँजीवादमा जानुपर्ने देखिरहेको छु मैले ।’ उनले भने, ‘पुँजीवादको विकासको अवस्थाा देखिरहेको छु मैले ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?