रुकुम पश्चिम । रुकुम–पश्चिमको आठबिसकोट नगरपालिकाको प्रमुख र उपप्रमुख दुवै पदमा माओवादी केन्द्रका उम्मेदवार निर्वाचित भएका छन् । नगरपालिकाको प्रमुखमा माओवादी केन्द्रका रवि केसी र उपप्रमुखमा धनकुमारी शाही विजयी भएका हुन् ।
केसीले ७ हजार ३९९ मतसहित नगरप्रमुखमा विजयी हुँदा निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका धिरेन्द्र कुमार बटालाले ६ हजार ६१५ मत प्राप्त गरेका थिए ।
यसैगरी, उपप्रमुखमा ७ हजार २६७ मत ल्याउँदै माओवादी केन्द्रकी धनकुमारी शाही विजयी भएकी छन् । उनको निकटतम प्रतिस्पर्धी नेकपा एमालेका दिनेश चन्दले ६ हजार २६८ मत पाए ।
रुकुम–पश्चिमका ६ वटा पालिकाहरुमध्ये चौरजहारी नगरपालिका, त्रिवेणी गाउँपालिका र सानीभेरी गाउँपालिका माओवादी केन्द्र विजयी भएको छ ।
त्यस्तै, नेपाली कांग्रेसले बाँफिकोट गाउँपालिका जितेको छ । जिल्लामा मुसिकोट नगरपालिकामा भने मतगणना जारी छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया