काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीका नेता झलनाथ खनालले नेपालले आन्तरिक ऋणबाट देशको विकास गर्नुपर्नेमा जोड दिएका छन् ।
बुधबार आर्थिक वर्ष २०७९/०८० को विनियोजन विद्येयकमाथिको छलफलका लागि जारी बैठकमा बोल्दै पूर्वप्रधानमन्त्री समेत रहेका नेता खनालले सो कुरा बताएका हुन् ।
नेपालीहरुको लगानीमा धेरै आयोजनाहरु बनेकोबारे प्रस्ट पार्दै उनले हामीले विदेशीहबाट ऋण माग्न नहुने समेत बताए । त्यसैगरी हामी साना तिना आयोजना बनाउन पनि अन्य मुलुकको मुख ताक्ने गरेको र त्यहिबाट आएको कमिसनले काम गर्ने गरेको टिप्पणी गरे ।
‘हामी विदेशीहरुलाई गुहार गछौँ र त्यहीबाट आउने कमिसनको लोभले सब कामहरु गर्छौँ । हामी सबैलाई थाहा भएको कुरा हो । तर हामी हाम्रो देशप्रति समर्पित भएर काम गरिरहेका छैनौँ ।’ खनालले भने ।
त्यसैगरी आगामी बजेटमा नेपालले विद्युतीय सवारी साधनलाई प्राथमिकता दिएर अघि बढ्नुपर्नेमा समेत जोड दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया