काठमाडौँ– हनुमानढोका दरबार परिसरमा रहेका दुई ठूला ऐतिहासिक नगरालाई हालै यथास्थानमा राखिएका छन् । ती नगरा पटकपटक बिग्रिएर रहनुपर्ने स्थानमा वर्षौँदेखि थिएनन् ।गोरखापत्र दैनिकमा खबर छापिएको छ ।
नगरा हाल यथास्थानमा रहे पनि बजेका छैनन् । हनुमानढोका दरवारको दिगु तलेजुमा नित्य पूजा र साँझमा आरती हुँदा यी ठूला नगरा बज्ने गर्थे । अचेल यी बज्दैनन् ।
नगरा बजाउने गुठियार सम्बद्ध रञ्जु परियारका अनुसार नगरा यथास्थानमा राखिए पनि केही धार्मिक काम बाँकी रहेकोले नगरा नबजाइएका हुन् ।
तत्कालीन राजा गीर्वाण विक्रम शाहले दिगु तलेजुमा नित्य पूजा र आरती हुँदा यी नगरा बजाउनुपर्ने व्यबस्था गरेको इतिहास छ । स्थानीय कालुबहादुर गन्धर्वका अनुसार डम्डम् बज्नु पर्ने यी नगरा धिप्धिप् र ध्याप्ध्याप् गरेर बज्छन् । बिग्रेको आवाज पनि उहिल्यैदेखिको हो अचेल त यसरी पनि बज्नै छाडे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया