ओखलढुङ्गाको लिखु गाउँपालिकामा कार्की र थापा निर्वाचित

लोकपथ
560
Shares

ओखलढुङ्गा । ओखलढुङ्गाको लिखु गाउँपालिका प्रमुखमा नेपाली कांग्रेस र उपप्रमुखमा नेकपा एमाले निर्वाचित भएकाे छ ।

लिखु गाउँपालिका प्रमुखमा नेकपा एमालेका उम्मेदवार मिलन विष्टलाई २८४ मतान्तरले पराजित गर्दै कांग्रेसका उम्मेदवार अशोक कार्की निर्वाचित भएका हुन् । कार्कीले तीन हजार ७ सय ७६ मत ल्याएका छन् । उनका प्रतिद्वन्द्वी विष्टले तीन हजार ४९२ मत प्राप्त गरे ।

त्यसैगरी, उपप्रमुखमा ४ हजार सय १६ मतक साथ एमाले उम्मेदवार अस्मिता थापा निर्वाचित भएकी छन् । नेपाली कांग्रेसकी उम्मेदवार प्रेमकुमारी दाहाललाई ३ हजार ८३ मत ल्याइन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?