योगेश भट्टराईको कटाक्ष : ‘यो सरकारलाई राज्य संयन्त्रले पत्याएको छैन’

लोकपथ
259
Shares

काठमाडौं । नेकपा एमालेका सांसद योगेशकुमार भट्टराईले वर्तमान सरकारलाई राज्य संयन्त्रले नपत्याएको आरोप लगाएका छन् ।

बुधबार विनियोजन विधेयकमाथि छलफलका लागि बसेको बैठकको छलफलमा भाग लिँदै भट्टराईले राज्यले पुँजीगत खर्च गर्न नसकेको आरोप लगाउँदै सो कुरा बताएका हुन् ।

यसअघि ३० प्रतिशतभन्दा बढी पुँजीगत खर्च गर्न नसकेको बताउँदै अब बाँकी समयमा सरकारले उचित रुपमा पुँजीगत खर्च गर्न नसक्ने बताए ।

त्यसैगरी वर्तमान सरकारको इच्छाशक्ति नभएको र सरकार जति समय सरकारमा बस्छ त्यति समय समयको बर्बादी मात्रै भएको उनको भनाइ रहेको छ ।

‘हिजो पनि हामीले सोध्यौँ यो सरकारले पुँजीगत खर्च १० प्रतिशतभन्दा माथि गएको छैन । अब तीन महिनामा तपाइँले पुँजीगत खर्चको लक्ष्य कसरी निर्धारण गर्न सक्नुहुन्छ । त्यसको मतलब के हो भने यो सरकारको क्षमता छैन । यो सरकारको इच्छाशक्ति छैन । यो सरकारलाई राज्यसंयन्त्रले पत्याएको छैन । त्यसकारणले यो सरकार जति समय बस्छ त्यति समयको बर्बादीबाहेक केही छैन’, बैठकलाई सम्बोधन गर्नैै उनले भने ।

सरकारले गत वर्षमा वैदेशिक लगानी ल्याउन नसकेको, पर्यटन क्षेत्रको विकास गर्न नसकेको समेत आरोप लगाए । त्यसैगरी अर्थमन्त्रीले वर्तमान अर्थतन्त्र सुदृढीकरणमा ध्यान नदिएको समेत बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?