काठमाडौं । काभ्रेको खानीखोला गाउँपालिकाको प्रमुखमा नेकपा माओवादी केन्द्रका इन्द्रबहादुर थिङ छिन्ताङ निर्वाचित भएका छन् । थिङले ४ हजार ४ सय ८५ मत प्राप्त गरेर विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार शेखर लामाले ३ हजार १ सय ८५ मत प्राप्त गरेका थिए ।
यस्तै, उपप्रमुखमा नेपाली कांग्रेसका दोर्जेमान जिम्बा निर्वाचित भएका छन् । उनले ४ हजार ३ सय २८ मत प्राप्त गरेका छन् । उनका प्रतिद्वन्दी एमालेका रुकमेणी गुरुङ २ हजार ९ सय ८७ मत ल्याएर पराजित भइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया