धनगढी । धनगढी उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार गोपाल हमालले आफ्नो अग्रता कामयै राखेका छन् ।
जारी मतगणना अनुसार हमालले ठूलो मतान्तरसहित अग्रता कायमै राखेका हुन् । हालसम्म उनले १० हजार ८ सय २५ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार नृपबहादुर वडले ५ हजार १ सय ६६ मत प्राप्त गरेका छन् । यता नेकपा एमालेका उम्मेदवार रणबहादुर चन्दले २ हजार ४ सय ६४ मत प्राप्त गरेका छन् ।
यता उपमेयरमा भने नेकपा माओवादी केन्द्र (गठबन्धन) की उम्मेदवार शान्तिकुमारी अधिकारी क्षेत्रीले ४ हजार ६ सय ६८ मतसहित अग्रता कायम गरेकी छिन् । भने उनलाई नेकपा एमालेकी उम्मेदवार कन्दकलाकुमारी रानाले ४ हजार २ सय ४६ मत ल्याएकी छिन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया