हारको जिम्मेवारी लिँदै लोसपाका केन्द्रीय सदस्यले दिए राजीनामा

लोकपथ
497
Shares

सप्तरी । लोकतान्त्रिक समाजवादी पार्टीका केन्द्रीय सदस्य गजेन्द्र मण्डलले स्थानीय तह निर्वाचनमा पार्टीले हार बेहोरेपछि त्यसको नैतिक जिम्मेवारी लिँदै राजीनामा दिने घोषणा गरेका छन् ।

‘राजगढ गाउँपालिकामा स्थानीय निर्वाचनमा लोसपा पार्टीको हारको नैतिक जिम्मेवारी लिँदै पार्टीको सम्पूर्ण पदबाट राजीनामा दिने घोषणा गर्छुु,’ उनले बुधबार सामाजिक सञ्जालमा लेखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?