चितवन । सबैभन्दा चासोको रुपमा हेरिएको भरतपुर महानगरपालिकामा गठबन्धनका उम्मेदवारहरुले अग्रता कायमै गरेका छन् ।
यो समाचार तयार पार्दासम्म दाहालले ९ हजार ८ सय १ मत प्राप्त गरेकी छिन् । भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले ८ हजार १ सय ८४ मत प्राप्त गरेका छन् । यसरी हेर्दा दाहाल र सुवेदीबीचको मतान्तर १ हजार ६ सय १७ रहेको निर्वाचन आयोगले जनाएको छ ।
त्यस्तै गठबन्धनविरुद्ध बागी उम्मेदवारी दिएका जगन्नाथ पौडेलले हालसम्म ४ हजार ४ सय ३९ मत प्राप्त गरेका छन् । भने विवेकशील साझाका उम्मेदवार प्रविन काफ्लेले ७० मत प्राप्त गरेका छन् ।
यता उपमेयरमा पनि गठबन्धनका उम्मेदवार चित्रसेन अधिकारीले अग्रता कायमै राखेका छन् । यो समाचार तयार पार्दासम्म अधिकारीले ११ हजार ७ सय ४० मत प्राप्त गरेका छन् ।
त्यसो त उनका निकटतम प्रतिद्वन्द्वी एमाले राप्रपाकी साझा उम्मेदवार हिमला गुरुङले ६६६८ मत प्राप्त गरेकी छिन् ।
यद्यपि मतगणना जारी रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया