आज प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ कार्यसूची

लोकपथ
130
Shares

काठमाडौं । आज प्रतिनिधि सभाको बैठक बस्दैछ ।

मंगलबारबाट सुरु भएको संघीय संसदको एघारौँ अधिवेशन अन्तर्गत आज दोस्रो बैठक बस्न लागेको हो ।

आजको बैठकमा विनियोजन विद्येयकका शिद्धान्त र प्राथमिकताकाथि छलफल गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।
‘आ.व. २०७९/०८० को लागि विनियोजन विद्येयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव बाहेक) माथि छलफल हुने ।’ जारी विज्ञप्तिमा भनिएको छ ।

मंगलबारको बैठकमा विभिन्न ८ वटा विद्येयकहरु पेस गरिएको थियो । भने विनियोजन विद्येयकमाथि छलफल सुरु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?