बालेनको रफ्तार झनै बढ्यो, स्थापितसँग ७ हजार ३ सयको मतान्तर

लोकपथ
4.5k
Shares

काठमाडौं । काठमाडौं महानगरमा जारी मतगणनामा मेयरका स्वतन्त्र बालेन साहले १५ हजार बढी भोटसहित अग्रता कायमै राखेका छन् ।

उनले केहीबेरअघि सार्वजनिक मतपरिणाम अनुुसार निकटतम प्रतिद्धन्दीसँग मतान्तर बढाउँदै १५ हजार ७ सय ७५ मत प्राप्त गरेका छन् ।

यता उनका निकटतम प्रतिद्धन्दी नेकपा एमालेका उम्मेदवार केशव स्थापितले ८ हजार २ सय ५३ मत प्राप्त गरेका छन् । यसरी हेर्दा साह र स्थापितबीच ७ हजार २ सय २२ मतको अन्तर देखिएको छ । यता गठबन्धनबाट मेयरको उम्मेदवार बनेकी सिर्जना सिंहले ७ हजार ३ सय ४८ मत प्राप्त गरेकी छिन् । भने राप्रपाको मदनदास श्रेष्ठले ८०९ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ ।

यता उपमेयरमा भने नेकपा एमालेकी उम्मेदवार सुनिता डंगोलले फराकिलो मतान्तरसहित अग्रता कायम गरेकी छिन् । हालसम्म उनले १२ हजार १ सय ५७ मत प्राप्त गरेकी छिन् । त्यसो त उनका निकटतम प्रतिद्धन्दी रामेश्वर श्रेष्ठले ३ हजार ६ सय १४ मत प्राप्त गरेका छन् । भने राप्रपाबाट उम्मेदवार बनेकी बिनिता मगैयाले २ हजार ६ सय २८ मत प्राप्त गरेकी छिन् ।

हाल राष्ट्रिय सभागृहमा मतगणना जारी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?