ललितपुर महानगरपालिकामा चिरीबाबु महर्जनकाे फराकिलो अग्रता

लोकपथ
845
Shares

ललितपुर । ललितपुर महानगरपालिकाको जारी मतगणनामा सत्ता गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका चिरीबाबु महर्जनले सानदार अग्रता लिएका छन् ।

उनले हालसम्म गणना भएका मतपत्रमध्ये ५० प्रतिशत भन्दा बढी मत माएका छन् ।

बुधबार बिहान प्राप्त मतपरिणामअनुसार कुल २२२५३ मत गणना हुँदा महर्जन एक्लैले १२२७६ मत पाएका छन् । एमालेका मेयरका उम्मेदवार हरिकृष्ण व्यञ्जनकारले भने मात्र ५६३४ मत पाएका छन् । ललितपुरमा बदर मतको संख्या पनि उल्लेख रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?