स्थानीय तह निर्वाचनको मतपरिणाम आउने क्रम जारी, कांग्रेस हालसम्म १८५ पालिकामा विजयी

लोकपथ
1.7k
Shares

काठमाडौं । वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको मतपरिणाम आउने क्रम जारी रहेको छ । देशभरका ७५३ स्थानीय तहमध्ये हालसम्म ४०५ स्थानीय तहको मत परिणाम सार्वजनिक भएको छ । जसमा सबैभन्दा बढी स्थानमा कांग्रेसले जित हात पारेको छ । नेपाली कांग्रेसले १८५ पालिका आफ्नो पोल्टामा पारिसकेको छ ।

त्यस्तै, ११५ स्थानमा जितेर नेपका एमाले दोस्रो स्थानमा रहेको छ भने ८२ स्थान जित हात परेर तेस्रो स्थानमा रहेको माओवादी केन्द्र रहेको छ ।

यस्तै, नेकपा (एकीकृत समाजवादी) ले ६ सिट जित्दा जनता समाजवादी पार्टीले ५ स्थान जितेको छ । अन्यले हालसम्म १२ पालिकामा जित हासिल गरेका छन् ।

गणना भइरहेको तहहरुमा पनि नेपाली कांग्रेसले अग्रता लिइरहेको छ भने एमाले कांग्रेसलाई पछ्याउँदैछ । हाल कांग्रेस १२९, एमाले ८३, माओवादी केन्द्र ३३ स्थानमा अगाडि छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?