मोरङको कानेपोखरीमा एमालेका उम्मेदवार निर्वाचित

लोकपथ
13
Shares

मोरङ । वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा मोरङको कानेपोखरी गाउँपालिकाको सम्पूर्ण मत परिणाम सार्वजनिक भएको छ ।

प्रदेश निर्वाचन कार्यालय विराटनगरका अनुसार कानेपोखरी गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका राजमती इङ्गनाम आठ हजार ९७५ मत प्राप्त गरी विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका सञ्जय भट्टराईले छ हजार ४६ मत प्राप्त गरेका छन् ।

उपाध्यक्षमा नेकपा एमालेका भोलाप्रसाद अधिकारी नौ हजार ५७० मत प्राप्त गरी विजयी भएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका मनकुमारी गुरुङले सात हजार ८१८ मत प्राप्त गरेका थिए ।

अध्यक्ष पदमा तेस्रो स्थानमा नेकपा माओवादीका सूर्यबहादुर धिमालले चार हजार ८३३ र उपाध्यक्षमा सोही पार्टीका तारा ओझाले एक हजार ९४० मत प्राप्त गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?