इलाम नगरपालिकामा कांग्रेसका उम्मेदवार निर्वाचित

लोकपथ
598
Shares

इलाम । इलाम नगरपालिकामा कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन् । नगरपालिका प्रमुखमा १३ हजार १ सय १५ मत प्राप्त गर्दै नेपाली कांग्रेसका उम्मेदवार केदार थापा विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका धिरेन चेम्जोङले १० हजार ५ सय ८७ मत ल्याएर पराजित भएका छन् ।

उपप्रमुखमा कांग्रेसकै विष्णु दाहाल लिम्बू निर्वाचित भएका छन् । उनले १३ हजार ५ सय ४२ मत प्राप्त गरिन् । उनका प्रतिद्वन्द्वी एमालेकी सीतादेवी रिजालले १० हजार ८८ मत ल्याएकी छन् । १२ वटा वडा रहेको इलाममा ९ वटामा कांग्रेसले वडाध्यक्ष जितेको छ भने ३ वटामा एमाले विजयी भएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?