बाराको पचरौताका दुई वडामा आज पुन: मतदान हुँदै

लोकपथ
156
Shares

बारा । बाराको पचरौता नगरपालिकाका दुई वटा वडामा आज पुन: मतदान हुँदैछ । वैशाख ३० मा मतदान केन्द्र कब्जा गरेर मत खसाल्न थालेपछि उक्त नगरपालिकाको दुई वटा वडाको ४ मतदान केन्द्रमा पुन: आज मतदान हुन लागेको हो ।

ती केन्द्रमा उम्मेदवारहरुले लाइनमा बसेका मतदाता, मतदान अधिकृतसहित मतदान गराउन खटिएका कर्मचारी, थोरै संख्यामा खटिएका सुरक्षाकर्मीहरुलाई धम्क्याएर मतपत्र खोस्दै एक छापे भोट खसाल्न थालेको पाइएपछि रद्द गरिएको थियो ।

मतदान बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म हुनेछ । त्यसका लागि मतपत्र, मतपेटिका, स्वस्तिक छाप, कर्मचारी व्यवस्थापन गर्ने लगायतको कार्य भइसकेको छ । सो क्षेत्रमा कडा सुरक्षा व्यवस्थाका बीच मतदान हुँदैछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?