मकवानपुरको थाहा नगरपालिकामा गठबन्धनका उम्मेदवार निर्वाचित

लोकपथ
1.5k
Shares

मकवानपुर । मकवानपुरको थाहा नगरपालिकामा नेकपा एमालेलाई पराजित गर्दै सत्तारुढ गठबन्धनका उम्मेदवार निर्वाचित भएका छन् ।

थाहाको प्रमुखमा माओवादी केन्द्रको विष्णु विष्ट र उपप्रमुखमा कांग्रेसका भरत गोपाली विजयी भएका हुन् ।

विष्णु विष्टले ९ हजार ७ सय १९ मत प्राप्त गरी विजयी भए । उनका निकटतम प्रतिस्पर्धी एमालेका उम्मेदवार अच्युतम ढकालले ७ हजार ७ सय ७१ मत प्राप्त गरेर पराजित भए ।

उपप्रमुखमा कांग्रेसका भरत गोपालीले ८ हजार ६ सय ७ मत प्राप्त गरे । उन्कन निकटतम प्रतिस्पर्धी एमालेकी कल्पना बलामीले ८ हजार ५ सय २२ मत प्राप्त गरिन् । थाहामा माओवादीले ६ वटा, कांग्रेस र एमालेले ३/३ वडामा विजयी भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?