भक्तपुरको मध्यपुर थिमीको प्रमुखमा कांग्रेस र उपप्रमुखमा माओवादी केन्द्र विजयी

लोकपथ
329
Shares

काठमाडौं । भक्तपुरको मध्यपुर थिमी नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार र उपप्रमुखमा नेकपा मओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् ।

नगरपालिकाको प्रमुखमा नेकपा एमालेका उम्मेदवार तथा निवर्तमान प्रमुख मदन सुन्दर श्रेष्ठलाई फराकिलो मतान्तरले पराजित गर्दै सुरेन्द्र श्रेष्ठ निर्वाचित भएका हुन् ।

सुरेन्द्रले १५ हजार ९८ मत पाएका छन् भने मदन सुन्दरले ११ हजार ३५ मत पाएका छन् ।

उपप्रमुखमा नेकपा माओवादी केन्द्रका विजयकृष्ण श्रेष्ठ निर्वाचित भएका छन् । उनले १२ हजार १०२ मत पाएका छन् उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेकी उत्तरा नेपालले आठ हजार ९६३ मत पाएकी छिन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?