राजेन्द्र लिङ्देनको गृहपालिकामा राप्रपा विजयी

लोकपथ
1.5k
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनको गृहपालिका झापाको हल्दिबारी गाउँपालिकामा राप्रपाका उम्मेदवार विजयी भएका छन् । हल्दिबारीको अध्यक्ष र उपाध्यक्ष दुवैमा राप्रपा निर्वाचित भएकाे हाे ।

अध्यक्षमा रवीन्द्र लिङ्देनले ६ हजार ८५६ मत ल्याएर विजयी भएका छन् भने उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका डम्बर गिरीले ४ हजार ६६६ मत ल्याएका छन् ।

उपाध्यक्षमा राप्रपा उम्मेदवार लक्ष्मी मैनालीले ५ हजार ७८ मत ल्याएर विजयी भएकी छिन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेकी शान्तादेवी गौतमले ४ हजार १०६ मत प्राप्त गरेर पराजित भएकी छिन्।

त्यस्तै स्वतन्त्र उम्मेदवार लखन हेमरमले तीन हजार ७००, नेकपा माओवादी केन्द्रकी टीकादेवी राउतले एक हजार ४५३ मत ल्याइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?