एमालेले आफ्नो साख जाेगाउन नसक्दा ‘क्लिन स्विप’ गरेकाे धनकुटामा कांग्रेसको इन्ट्री

काठमाडौं । २०७४ को स्थानीय तहको निर्वाचनमा धनकुटाका सात वटै पालिकामा जित हात पारेको एमालेलाई यस पटक कांग्रेसले झट्का दिएको छ । सात पालिकामध्ये नेपाली कांग्रेसले चार पालिकामा जित हासिल गरिसकेको छ । एमालेले भने दुई पालिकामा मात्र जितेको छ र एक पालिकाको मतगणना जारी रहँदा नेकपा एस अघि रहेको छ ।

३ नगरपालिका र ४ गाउँपालिका रहेको धनकुटामा यसअघि सबै पालिकाको प्रमुख र उपप्रमुखमा एमालेले नै जितेको थियो । तर, यस पटक भने एकालेको त्यो अविजित यात्रामा कांग्रेसले रोक लगाएको छ । अझ धनकुटाको पाख्रीबास नगरपालिकामा सबै पद(५२) मा एमालेले नै एकलौटी जित हात पारेको थियो । त्यही पालिका यस पटक कांग्रेसले आफ्नो पक्षमा पारेको छ ।

पाख्रीबास नगरपालिका, महालक्ष्मी नगरपालिका, साँगुरीगढी गाउँपालिका र छथर जोरपाटी गाउँपालिकामा नेपाली कांग्रेसले जित हात पारेको छ भने धनकुटा नगरपालिका र चौबीसे गाउँपालिका एमाले जितेको छ । त्यसतै मतगणना जारी रहेको सहिदभूमि गाउँपालिकामा एमाले भन्दा नेकपा एसका उम्मेदवार अघि रहेको छन् ।

धनकुटामा एमालेको यो आउनुमा के कारणले भूमिका खेल्यो भन्ने विषमा अहिले स्थानीयदेखि केन्द्रीय तहसम्म एमालेभित्र छलफलको बहस बनेको छ ।

सरसरती हेर्ने हो भने एमालेभित्रको अन्तर्द्वन्द, नेकपा एस र टिकट वितरणमा विचार नपुर्‍याएको देखिन्छ । उम्मेदवारी दिने समयमा पनि यहाँका कतिपय नेताहरु केन्द्रीय तहसँग रुष्ट भएको खबर आएका थिए । केही नेता पार्टीबाट अलग भएर न्यूट्रल बस्नाले पनि धनकुटामा यस पटक एमालेलाई असर परेको देखिन्छ ।

उता नेपाली कांग्रेसले यहाँका सबै पालिकामा माओवादी र नेकपा एससँग गठबन्धन गर्नाले पनि एमालेको भोट तुलनात्क रुपमा कम आएको देखिन्छ । साथै अघिल्लो पटक चुनीएका जनप्रतिनिधिले गरेका काम प्रति चित्त नबुझाएका मतदाताले यस पटकको मतदानमा चुनाव चिह्न फेरेको देखिन्छ ।

जे होस्, धनकुटामा एमालेले आफ्नो साख जोगाउन सकेन । यो नै सत्य हो । यहाँ कुरा एमालेको मात्र होइन यो अवस्थाबाट जोगीन यसलाई आफ्नो सिख मानेर अरु राजनीतिक दलहरुले पनि जनमतको कदर गर्नैपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?