[फलोअप] जाजरकोट पहिरो : भेटिएनन् बेपत्ता, मृतक आठको सनाखत

जाजरकोट: जाजरकोटको सदरमुकाम खलंगास्थित ठाँटी बजारमा मा आइतबार बिहान ७: ३० बजे गएको पहिरोमा पुरिएर हराइरहेका एक जना अझै फेला परेका छैनन् । भने पहिरोमा पुरिएर मृत्यु भएका ८ जनाको सनाखत भएको छ । 

अविरल  वर्षाका कारण घरमाथिबाट खसेको पहिरोले २ वटा घर पुरेको थियो । पहिरोले घर पुरीदा १३ वर्षीय नरेन्द्र परियार, ८ वर्षीय गोविन्द परियार, ८ वर्षीय दर्शक परियार, ११ नविन परियार, ८ वर्षीय नज्मा बोहरा, ३ वर्षीया मनिषा विक, २५ वर्षीया सितला लोहार, उनकी छोरीहरू ९ वर्षीया भगवती विक र ६ वर्षीया रञ्जना विकको मृत्यु भएको हो ।   

मृतक सितला बोहराका ३१ वर्षीय पति लालबहादुर बोहराको भने जाजरकोट जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरी निरिक्षक ईनद्रजित सुनारले लोकपथलाई बताए ।  
 हराएकाको उद्दारका लागि सोमबार बिहानैबाट नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना लगायतको टोली खटिएका छन्। अहिले जाजरकोटको मौसम धुम्मिएको छ । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?