धनुषामा दुई पक्षबीच विवाद हुँदा गोली चल्यो ,घटनामा संलग्न रहेको आरोपमा ११ जना पक्राउ

लोकपथ
224
Shares

धनुषा । धनुषाको नगराइन नगरपालिका ८ स्थित दुई पक्षबीच विवाद हुँदा गोली चलेको छ।

अकौरा बस्ने जामुन पासवान र नसिब पासवान दुई दाजुभाइबीच घरायसी विवाद हुँदा गएराति गोली चलेको प्रहरीले जनाएको छ।

दुबै पक्षबीच झगडाको क्रममा कुटाकुट हुँदा नसिब पक्षका ५० वर्षीय श्रीनारायण पासवानले जामुनमाथि गोली प्रहार गर्दा
र ७१ वर्षीय जामुनको दाहिने हातको पाखुरामा गोली लागेको प्रहरीले जनाएको छ। अहिले उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको छ।

घटनास्थलबाट प्रहरीले दुई थान नलकटुवा पेस्तोल र १२ राउण्ड गोली बरामद गरको धनुषाका प्रहरी प्रवाक्ता डिएसपी प्रदिप क्षेत्रीले जानकारी दिए।

प्रहरीले घटनामा संलग्न रहेको आरोपमा छानबिनका स्थानीय ईन्द्रनारायण पासवान, अभिषेक पासवान, सोमनाथ पासवान, अजय पासवान, राजीव पासवान, धर्मेन्द्र पासवान, राजीव पासवान, प्रसादी पासवान, प्रह्लाद पासवन, विजय कुमार पासवान र राजन पासवानलाई नियन्त्रणमा लिएको छ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?